राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय खुल्ला सदस्य पदमा महमद मेराजको उम्मेदवारी : सशक्त दाबेदारको रूपमा स्थापित ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज जेठ १२ गते । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय खुल्ला सदस्य पदमा महमद मेराजको उम्मेदवारी : सशक्त दाबेदारको रूपमा स्थापित । 
पोखरा राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा केन्द्रिय खुल्ला सदस्य पदका लागि पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ५ निवासी महमद मेराजले आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। लामो समयदेखि संघमा सक्रिय भूमिका निर्वाह गर्दै आएका मेराजले संगठनमा गरेको निरन्तर योगदान, अनुभव र नेतृत्व क्षमताका आधारमा आफूलाई केन्द्रिय सदस्य पदको स्वाभाविक र सशक्त दाबेदारका रूपमा प्रस्तुत गरेका हुन् । संघले दिएका जिम्मेवारीहरू सफलतापूर्वक वहन गर्दै संगठनात्मक कार्यमा निरन्तरता दिएका मेराजले जिम्मेवारीबोधसहित काम गर्दै आएको बताउँछन् । उनले विगतमा पनि राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्यको रूपमा रहेर संगठन र पार्टीप्रति पूर्ण निष्ठा र प्रतिबद्धता साथ कार्य गरेका थिए । त्यस अनुभवका आधारमा पुनःकेन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । मेराजको वैचारिक परिपक्वता संगठनप्रतिको निष्ठा र व्यवस्थापन क्षमताको कारण उनलाई संगठनभित्र एक विश्वासिलो, कुशल र प्रभावशाली नेताको रूपमा लिइन्छ। विभिन्न कार्यक्रमहरूमा देखाएको उनको व्यवस्थापन दक्षता, समयमै निर्णय लिन सक्ने क्षमता र कार्यप्रति समर्पणले उनलाई संगठनभित्र लोकप्रिय बनाएको छ । विशेषतः संघका गतिविधिहरूलाई मितव्ययी ढङ्गबाट सञ्चालन गर्नु, प्रत्येक कार्यलाई जिम्मेवारीपूर्वक सम्पादन गर्नु उनका प्रमुख विशेषतामध्ये पर्छन् । यद्यपि मेराजले औपचारिक रूपमा सचिव पदको उम्मेदवारी घोषणा नगरेका भए पनि संगठनभित्र उनी सचिव पदका लागि बलियो सम्भावनाका रूपमा हेरिएका छन् । संघका थुप्रै नेताहरूका अनुसार मेराजले नेतृत्व गर्न सक्ने क्षमताको साथसाथै युवा नेतृत्वको उदाहरणीय नमुना प्रस्तुत गरेका छन् । यस पटकको महाधिवेशनले ९ जना पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । साथै, केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरिने राष्ट्रिय युवा संघ नेपालले जनाएको छ। यस्तो महत्वपूर्ण समयमा महाधिवेशनमार्फत नेतृत्व चयन हुँदै गर्दा मेराज जस्ता अनुभवी र निष्ठावान व्यक्तित्वको उम्मेदवारीले संगठन थप सबल,सक्षम र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)