शेख रुस्तमले आफ्नै व्यक्तिगत खर्चमा मुर्ली नयाँ टोल र राधेमाई टोलमा रहेका आमा–दिदीबहिनीहरूलाई लुगा तथा छठ पर्वमा आवश्यक विभिन्न सामग्रीहरू वितरण गर्नु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज कात्तिक ९ गते । हरेक वर्षझैँ यस वर्ष पनि छठ पर्वको अवसरमा वडा नं.१३ का प्रत्यासी तथा समाजसेवी शेख रुस्तमले आफ्नै व्यक्तिगत खर्चमा मुर्ली नयाँ टोल र राधेमाई टोलमा रहेका आमा–दिदीबहिनीहरूलाई लुगा तथा छठ पर्वमा आवश्यक विभिन्न सामग्रीहरू वितरण गर्नुभयो।स्थानीय बासिन्दाहरूले शेख रुस्तमको यस उदार र मानवीय कार्यको उच्च प्रशंसा गर्दै उहाँको समाजसेवाप्रतिको समर्पण र निष्कपट सेवाभावको सराहना गरेका छन्। उनीहरूका अनुसार, शेख रुस्तमजस्ता व्यक्तिहरूले समाजमा आपसी एकता, सहकार्य र मानवीयताको भावनालाई मजबुत बनाउँदै आएका छन्।कार्यक्रममा स्थानीय युवाहरूको सक्रिय सहभागिता रह्यो। वितरणका क्रममा छठ पर्वले सामाजिक एकता, सद्भावना र धार्मिक सहिष्णुताको सन्देश पनि प्रवाह गरिएको थियो।वडा नं.१३ का प्रत्यासी तथा समाजसेवी शेख रुस्तमले विगतदेखि नै विभिन्न सामाजिक तथा मानवसेवामूलक कार्यहरू आफ्नै खर्चमा गर्दै आइरहनुभएको छ । उहाँका अनुसार,समाजको सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म हो । उहाँले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)