मन्सुर खान बिरगंज साउन १९ गते । वीरगञ्ज।सडक सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले तीन पाङ्ग्रे सवारीका यातायात व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठको उपस्थितिमा सडक सुरक्षासम्बन्धी सचेतना, ट्राफिक नियमको पालना, दुर्घटना न्यूनीकरणका उपाय तथा व्यवस्थित ट्राफिक सञ्चालनका विषयमा विस्तृत छलफल गरिएको थियो।
अन्तरक्रियामा सहभागी यातायात व्यवसायीहरूले आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए भने ट्राफिक प्रहरीले सुरक्षित, अनुशासित र जिम्मेवार रूपमा सवारी सञ्चालन गर्न आग्रह गर्दै सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएको थियो।