विरगंजमा एयर गनसहित भारतीय नागरिक पक्राउ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज फागुन ९ गते । विरगंजमा एयर गनसहित भारतीय नागरिक पक्राउ । सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, विरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा एक भारतीय नागरिक एयर गनसहित पक्राउ परेका छन्।जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित वीरगञ्ज भन्सार कार्यालयको मेनगेट अगाडि सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको चेकप्वाइँट ड्युटी टोलीले एयर गन र पेलेट्ससहित मिम्मर हुसेनलाई नियन्त्रणमा लिएको छ।मिति २०८१ फागुन ९ गते दिउँसो १:३० बजे गरिएको नियमित चेकजाँचका क्रममा भारतको कोलकत्ता, खिदिरपुर घर भई नेपालको ललितपुरमा कोठा भाडामा लिएर फर्निचर उद्योगमा काम गर्दै आएका ३४ वर्षीय हुसेनलाई एयर गन (मोडल नं. M35) र त्यसमा प्रयोग हुने ८२ ओटा गोली (पेलेट्स) सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।पक्राउ परेका हुसेनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीको लागि प्रहरी चौकी इनर्वा, पर्सामा बुझाइएको गुल्मले जानकारी दिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)