मन्सुर खान बिरगंज साउन २५ गते । विर्ताका वरिष्ठ सई चक्र पुजारा असार महिनाको ‘POLICE OF THE MONTH’ घोषितवीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्तामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक चक्र बहादुर पुजारा २०८३ साल असार महिनाको POLICE OF THE MONTH’ घोषित भएका छन्।प्रहरी संगठनको गरिमा, अनुशासन, व्यावसायिकता तथा कर्तव्यनिष्ठालाई उच्च प्राथमिकतामा राख्दै उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले वरिष्ठ सई पुजारालाई असार महिनाको ‘POLICE OF THE MONTH’ घोषणा गरेका हुन्।उत्कृष्ट कार्यसम्पादनका लागि वरिष्ठ सई पुजारालाई हार्दिक बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट, प्रभावकारी र जिम्मेवार प्रहरी सेवा प्रदान गर्न शुभकामना व्यक्त गरिएको छ।