४३औं बि.पी. स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज साउन ६ गते । ४३ औं बि.पी. स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न. वीरगञ्ज,४३औं बि.पी. स्मृति दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ द्वारा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम नेपाली कांग्रेस पर्साका सभापति एवं मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामनारायण कुर्मी, नगर उपप्रमुख तथा सचिव ईम्तियाज आलम, नेता प्रकाश उपाध्याय, जिल्ला सदस्य रामनिवास यादव, नेपाली कांग्रेस महिला संघ, नेपाल विद्यार्थी संघ, तरुण दल, मुस्लिम संघका सभापति तथा विभिन्न वडाका बूथ सभापति तथा नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस क्षेत्र नं.१ का कार्यवाहक सभापति अनिल सिंहले गर्नुभएको थियो। वृक्षारोपण कार्यक्रममार्फत पर्यावरण संरक्षणप्रति पार्टीको प्रतिबद्धता पुनः पुष्टि गरिएको आयोजकले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)