७ वर्षपछि खुल्यो दुर्घटना को रहस्य बर्दिबासमा श्रवण कुमार थापा हत्या प्रकरणमा ३ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख २० गते । ७ वर्षपछि खुल्यो दुर्घटना’को रहस्य बर्दिबासमा श्रवण कुमार थापा हत्या प्रकरणमा ३ जना पक्राउ. महोत्तरीको बर्दिबासमा करिब सात वर्षअघि ‘सवारी दुर्घटना’का रूपमा बन्दजस्तै भएको एक घटना पुनः अनुसन्धानपछि जघन्य हत्या भएको पुष्टि भएको छ। प्रहरीले यस प्रकरणमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ।पक्राउ पर्नेहरूमा मृतककी श्रीमती पूजा थापा, उनकी सालीहरू निशा बस्नेत गौतम र आरती बस्नेत रहेका छन्। उनीहरूलाई हालै नेपाल–भारत सीमाक्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।२०७६ असार ३१ गते राति बिपी राजमार्ग अन्तर्गत बर्दिबास नजिक स्मृतिपार्क क्षेत्रमा एक स्कुटर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। सोही स्थान नजिकै नालीमा बर्दिबासका ३६ वर्षीय श्रवण कुमार थापाको शव भेटिएको थियो। प्रारम्भिक अनुसन्धानमा घटनालाई सामान्य दुर्घटना मानिएको थियो।तर, स्कुटरमा उल्लेखनीय क्षति नदेखिनु र शव सडकभन्दा तल नालीमा भेटिनुजस्ता असामान्य पक्षले परिवारले सुरुदेखि नै शंका व्यक्त गर्दै आएको थियो। परिवारको निरन्तर दबाबपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुनः अनुसन्धान थालेको थियो।

पुनः अनुसन्धानका क्रममा घटनाले नयाँ मोड लियो। प्रहरीले यो घटना योजनाबद्ध हत्या भएको निष्कर्ष निकाल्दै चार जनालाई पक्राउ गरेको थियो। उनीहरूको बयानका आधारमा श्रवण कुमार थापाको हत्या ‘सुपारी’ दिएर गराइएको खुलेको हो।अनुसन्धान अनुसार, श्रीमती पूजा थापाले करिब ३ लाख ५० हजार रुपैयाँमा हत्या गराउन लगाएको खुलासा भएको छ। पारिवारिक विवाद, आपसी अविश्वास र दाम्पत्य तनावका कारण हत्या योजना बनाइएको प्रहरीको भनाइ छ।प्रहरीका अनुसार, घटनाको राति औषधि किन्ने बहानामा मृतकलाई घरबाट बाहिर निकालिएको थियो। पूर्व योजना अनुसार स्मृतिपार्क नजिक पुगेपछि सुपारी लिएर बसेका व्यक्तिहरूले उनलाई नियन्त्रणमा लिएर ढुंगाले प्रहार गरी हत्या गरेका थिए।त्यसपछि घटनालाई दुर्घटनाजस्तो देखाउन स्कुटर सडकमा पल्टाइएको र शव नालीमा फालिएको अनुसन्धानबाट खुलेको छ।घटनापछि मुख्य योजनाकारसहित केही आरोपीहरू भारततर्फ फरार भएका थिए। लामो समयको खोजीपछि उनीहरूको लोकेसन भारतको गोवामा रहेको पत्ता लागेको थियो। त्यसपछि नेपाल–भारत प्रहरी समन्वयमार्फत उनीहरूलाई पक्राउ गरी नेपाल ल्याइएको हो।हालसम्म यस प्रकरणमा संलग्न आमा लक्ष्मी बस्नेत तथा अन्य केही आरोपीहरू अझै फरार छन्। साथै, यसअघि पक्राउ परेका केही ‘सुपारी किलर’हरू भने गत वर्षको एक आन्दोलनका क्रममा जेलबाट फरार भएको जनाइएको छ।मधेश प्रदेश प्रहरीको समन्वयमा पुनः सक्रिय बनाइएको अनुसन्धानले अन्तत घटनाको वास्तविकता उजागर गरेको हो। प्रदेश प्रहरी प्रमुखको निर्देशन, जिल्ला प्रहरी नेतृत्वको अनुगमन तथा इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीको सक्रियताले केस निष्कर्षतर्फ पुगेको बताइएको छ।सात वर्षसम्म दुर्घटनाका रूपमा लिइएको यो घटना अन्ततः हत्या भएको पुष्टि हुनु प्रहरी अनुसन्धानको महत्वपूर्ण सफलता मानिएको छ। यसले ढिलाइ भए पनि निष्पक्ष अनुसन्धानबाट सत्य बाहिर आउने सन्देश दिएको छ।प्रहरीले बाँकी फरार अभियुक्तहरूको खोजी तीव्र पारेको छ भने पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)