७८ एसपीको सरुवा : पर्सामा कुमोध, चितवनमा भावेश, काभ्रेमा बसुन्धरा, मोरङ नवराज र रुपन्देहीमा रन्जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज फागुन २ गते । काठमाडौं । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौं परिसरका एसपी कुमोध ढुंगेललाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी दिएको छ । त्यसैगरी सम्पत्ति सुदृढीकरणकी एसपी बसुन्धरा खड्कालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रन्जित सिंहले राठौरलाई पठाएको छ । चितवनमा भावेश रिमाल सरुवा भएका छन् भने सिन्धुपाल्चोकमा संतोष खड्कालाई पठाएको छन् । त्यसैगरी, झापामा मिलन केसी, मोरङमा नवराज कार्की, सिरहामा सन्तोष आचार्यको सरुवा भएको छ । सरुवा भएका एसपीहरुको फागुन महिना देखिको तलब–भत्ता नयाँ दरबन्दी कायम भएअनुसार हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)