आगजनी सुरू भइसकेपछि रजकलाई कोठाभित्रै थुनेर हिँडेका थिए आन्दोलनकारी (भिडिओ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज चैत १६ गते । काठमाडौं तीनकुनेको घरमा आगजनीपूर्व आन्दोलनकारीले एभिन्युज टिभीका क्यामरापर्सन सुरेश रजकलाई कोठाभित्रै थुनिदिएको खुलासा भएको छ । आन्दोलनकारीले तोडफोड र लुटपाट गरेपछि चेनगेटमा ताला लगाइदिएर हिँडेका थिए र रजक भित्रै थुनिए । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा कोठाभित्रको त्राशदीपूर्ण दृष्य कैद भएको छ । क्यामरापर्सन रजक कोठाभित्र मोबाइल चलाइरहेका हुन्छन् भने बाहिरपट्टि चेन गेटमा ठुलो ताल्चा झुण्डिएको छ । गेट बाहिरबाट भिडियो खिचिएको हो । आफू थुनिएपछि रजकले मोबाइलबाट कसैलाई सम्पर्क गर्न खोजिरहेको जस्तो देखिन्छ । उनले यही कोठाको बाटोपट्टि भित्तामा फुटेको सिसाबाट बाहिर आन्दोलनको दृष्य खिचेका थिए । उनले कोठाभित्रको बितण्डाको भिडिओ पनि खिचेको र यही रिसमा आन्दोलनकारीले थुनिदिएको आशंका गर्न सकिन्छ । कोठाभित्र रजक थुनिएकै अवस्थामा दुई आन्दोलनकारी युवती भर्याङबाट ओर्लिएका छन् । उनीहरूमध्ये एकजनाको अनुहार देखिएको छ भने अर्कीले स्कार्फले अनुहार ढाकेकी छन् । उनीहरू ओर्लिदै गर्दा तल्लो कोठामा ह्वारह्वारी आगो बलिरहेको थियो । क्यामरापर्सन थुनिएको प्रहरीलाई जानकारी गराएको तर प्रहरीले उद्दार नगरेको आरोप एभिन्युज टिभिका सञ्चालक भाष्करराज राजकर्णिकारले लगाएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)