आम जनता पार्टीबाट मोहम्मद इस्तखारको पर्सा–३ बाट उम्मेदवारी दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज पुस २७ गते । आम जनता पार्टीका नेता मोहम्मद इस्तखारले प्रतिनिधि सभा निर्वाचन २०८२ मा पर्सा क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने दाबी गरेका छन्।आफू स्थानीय स्तरमा जनतासँग नजिकको सम्बन्ध बनाउँदै आएको र पार्टीभित्र पनि सकारात्मक छवि कायम रहेको बताउँदै उनले पार्टीले टिकट दिनेमा आफू विश्वस्त रहेको बताएका छन्।म लामो समयदेखि पर्सा क्षेत्र नं.३ का स्थानीयवासीहरूसँग प्रत्यक्ष रूपमा जोडिँदै आएको छु। जनताको समस्या, आवश्यकता र अपेक्षा मैले नजिकबाट बुझेको छु,” उनले भने, “पार्टीको नीति, सिद्धान्त र संगठन विस्तारमा गरेको योगदानका कारण पार्टीले मलाई उम्मेदवार बनाउने विश्वास लिएको छु।उनका अनुसार यदि पार्टीले उम्मेदवारी दिएमा जनताको हित, विकास र सुशासनलाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी रहेको छ।पर्सा क्षेत्र नं.३ मा आगामी प्रतिनिधि सभा निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी बढ्दै गएको छ भने विभिन्न दलबाट आकांक्षीहरूको गतिविधि समेत तीव्र बन्दै गएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)