मन्सुर खान बिरगंज माघ ५ गते । आम जनता पार्टीबाट पर्सा–३ मा मोहम्मद इस्तखार उम्मेदवार घोषित पर्सा । आम जनता पार्टी ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नं.३ बाट मोहम्मद इस्तखारलाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ।पार्टी अध्यक्ष प्रभु साहद्वारा हस्ताक्षरित मनोनयन पत्र निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भइसकेको छ।