ट्राफिक जनचेतनामूलक कार्यक्रम–२०८३ समापन, दुर्घटना पीडितप्रति दीप प्रज्वलनसहित श्रद्धाञ्जली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असार १० गते । ट्राफिक जनचेतनामूलक कार्यक्रम–२०८३ समापन, दुर्घटनामा ज्यान गुमाएकाप्रति दीप प्रज्वलनसहित श्रद्धाञ्जली जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको नेतृत्वमा असार १ गतेदेखि सञ्चालन हुँदै आएको “ट्राफिक जनचेतनामूलक कार्यक्रम–२०८३ को समापन समारोह वीरगञ्जको घण्टाघर अगाडि रहेको स्वर्गीय तिवारी बाबाको सालिक परिसरमा सम्पन्न भएको छ।समापन कार्यक्रममा सहभागीहरूले एक मिनेट मौनधारण गर्दै दीप प्रज्वलन गरेका थिए। विभिन्न समयमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरक्षित यातायात र ट्राफिक नियम पालनाको प्रतिबद्धता व्यक्त गरिएको थियो।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।समारोहमा वक्ताहरूले ट्राफिक नियमको पालना, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। सातादिनसम्म सञ्चालन गरिएको जनचेतनामूलक कार्यक्रमले ट्राफिक सचेतना अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याएको विश्वास व्यक्त गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)