एआईजी उमा चतुर्वेदीद्वारा लागुऔषधविरुद्ध सप्ताहव्यापी जनचेतना अभियान उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असार ६ गते । एआईजी उमा चतुर्वेदीद्वारा लागुऔषध दुर्व्यसन विरुद्ध सप्ताहव्यापी जनचेतना कार्यक्रम उद्घाटन. कपिलवस्तु,इलाका प्रहरी कार्यालय कृष्णनगरको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहकार्यमा लागुऔषध दुर्व्यसन विरुद्ध सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रमको उद्घाटन गरिएको छ।कृष्णनगर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख उमा प्रसाद चतुर्वेदी को प्रमुख आतिथ्यतामा लागुऔषधको चुनौती चिनौं सामाजिक समाधानको बाटो खोजौं भन्ने मूल नारासहित कार्यक्रमको समुद्घाटन गरिएको हो।उक्त कार्यक्रममा नगरप्रमुख,उपप्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख, विद्यालयका शिक्षक, स्थानीय तहका जनप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममार्फत लागुऔषध दुर्व्यसनका चुनौती,यसको सामाजिक प्रभाव तथा रोकथामका उपायबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।सप्ताहव्यापी अभियान अन्तर्गत विभिन्न स्थान र समयमा सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, प्रशिक्षण तथा जनसमुदाय लक्षित गतिविधिहरू सञ्चालन गरिने जानकारी दिइएको छ।प्रहरी र स्थानीय तहको संयुक्त पहलमा सञ्चालन गरिएको यस अभियानले लागुऔषध दुर्व्यसन नियन्त्रण तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)