वीरगञ्जकी बालिका सिद्धि मिश्रा एक महिनादेखि बेपत्ता, सूचना दिनेलाई १ लाख भारतीय रुपैयाँ पुरस्कार घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज जेठ १९ गते । वीरगञ्जकी बालिका सिद्धि मिश्रा एक महिनादेखि बेपत्ता, सूचना दिनेलाई १ लाख भारतीय रुपैयाँ पुरस्कार घोषणा वीरगञ्ज, जेठ १९ — वीरगञ्ज घर भएकी बालिका सिद्धि मिश्रा गत वैशाख १६ गतेदेखि रहस्यमय परिस्थितिमा बेपत्ता भएकी छन्। परिवारका सदस्यहरूले उनको खोजीका लागि विभिन्न स्थानमा व्यापक खोजतलास गरे पनि हालसम्म कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।बालिकाको अवस्था र अवस्थिति अज्ञात रहेकाले परिवार चिन्तित बनेको छ। घटनालाई गम्भीर रूपमा लिँदै भारतका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोज कुमार शर्माले सिद्धि मिश्राको सुरक्षित उद्धारमा सहयोग पुर्‍याउने वा उनको अवस्थिति सम्बन्धी विश्वसनीय सूचना उपलब्ध गराउने व्यक्तिलाई १ लाख भारतीय रुपैयाँ पुरस्कार प्रदान गरिने घोषणा गरेका छन्।इन्स्पेक्टर शर्माले बालिकासम्बन्धी कुनै जानकारी प्राप्त भएमा वा कतै देखिएमा तत्काल सम्पर्क गर्न आग्रह गरेका छन्। यसका लागि उनले आफ्नो मोबाइल तथा ह्वाट्सएप नम्बर +९१–८८५३७०३७६१ सार्वजनिक गरेका छन्।परिवार तथा सरोकारवालाहरूले बालिकाको सकुशल खोजी तथा उद्धारमा सहयोग पुग्ने विश्वासका साथ उक्त सूचना सकेसम्म धेरै व्यक्तिसम्म पुर्‍याइदिन सर्वसाधारणसँग अनुरोध गरेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)