मन्सुर खान बिरगंज जेठ २२ गते । एसएसपी होबिन्द्र बोगटीको ललितपुर प्रहरी परिसरबाट बिदाई।ललितपुर, जेठ २२ — नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशअनुसार सरुवा भई जिल्ला प्रहरी परिसर ललितपुरबाट नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा जान लाग्नुभएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बिदाइ मन्तव्य व्यक्त गर्दै एसएसपी बोगटीले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत जिम्मेवारीपूर्वक तथा उत्कृष्ट कार्यसम्पादन गर्न आग्रह गर्नुभयो।उक्त अवसरमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले एसएसपी बोगटीलाई फूलमाला तथा मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको प्रशंसा गर्नुभएको थियो। साथै उहाँको आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न गरिएको थियो।कार्यक्रममा प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।