नेपाल पत्रकार महासंघ पर्सामा तालाबन्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज जेठ १५ गते । नेपाल पत्रकार महासंघ पर्सामा तालाबन्दी।सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै जारी आन्दोलन अन्तर्गत नेपाल पत्रकार महासंघ पर्साको कार्यालयमा तालाबन्दी गरिएको छ।पूर्वनिर्धारित कार्यक्रमअनुसार पत्रकार संघर्ष समितिले महासंघ पर्साको मूल गेटमा तालाबन्दी गरेको हो। दुई दिनदेखि सञ्चालन भइरहेको धर्ना कार्यक्रमप्रति महासंघ नेतृत्वले कुनै चासो नदेखाएको आरोप लगाउँदै संघर्ष समितिले आन्दोलन थप कडा बनाइएको जनाएको छ।संघर्ष समितिका संयोजक अनुप तिवारीको नेतृत्वमा पुगेको टोलीले महासंघ कार्यालयमा तालाबन्दी गरेको हो। समितिले सदस्यता वितरण प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा व्यवस्थित बनाउनुपर्ने माग अघि सारेको छ।संयोजक तिवारीले पत्रकारहरूको हकहित र महासंघको शुद्धीकरणका लागि आन्दोलन जारी रहेको बताउँदै माग पूरा नभएसम्म संघर्ष नरोकिने चेतावनी दिनुभयो। उहाँले योग्य पत्रकारलाई नयाँ सदस्यता वितरण गर्न तथा सदस्यता शुद्धीकरण प्रक्रिया तत्काल अघि बढाउन महासंघ नेतृत्वसँग आग्रह गर्नुभयो।पत्रकार संघर्ष समितिले आगामी दिनमा थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने समेत जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)