मन्सुर खान बिरगंज जेठ १२ गते । समुदाय–प्रहरी साझेदारी अन्तर्गत साईबर सुरक्षा सचेतना प्रशिक्षण सम्पन्न।मिति २०८३/०२/११ गते सोमबारका दिन समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साईबर सुरक्षा सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रमको संयुक्त आयोजनामा प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर–३१ र Uniglobe Premier School रहेका थिए।काठमाडौँ महानगरपालिका–३१,देउराली मार्गस्थित Uniglobe College को सभाहलमा सम्पन्न उक्त कार्यक्रम सुनिल गैरे को अध्यक्षतामा तथा राजकुमार सिंह को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ८,९ र १० का विद्यार्थीहरूलाई साईबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत डेटा सुरक्षा तथा डिजिटल सचेतनासम्बन्धी विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।उक्त प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरूमा डिजिटल सुरक्षा,जिम्मेवार अनलाइन व्यवहार तथा साईबर जोखिमबारे सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।