उद्योग वाणिज्य संघको निर्वाचनमा गुप्ता नेतृत्वको प्यानल चुनावी मैदानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असार ५ गते । उद्योग वाणिज्य संघको निर्वाचनमा गुप्ता नेतृत्वको प्यानल चुनावी मैदानमा.  जितपुर सिमरा नगर उद्योग वाणिज्य संघको आगामी असार ७ गते हुने निर्वाचनका लागि गजेन्द्र गुप्ताको नेतृत्वमा चुनावी प्यानल घोषणा भएपछि उद्योगी तथा व्यवसायीबीच चुनावी माहोल तातेको छ।नगर क्षेत्रका उद्योगी, साना तथा ठूला व्यापारीहरूको हकहित संरक्षण गर्दै व्यापारिक वातावरणलाई थप सुदृढ बनाउने प्रतिबद्धतासहित गुप्ता नेतृत्वको प्यानलले चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएको जनाएको छ।घोषित प्यानलअनुसार संघको वरिष्ठ उपाध्यक्ष पदमा शिवजी साह सोनार तथा महासचिव पदमा प्रकाश गिरी उम्मेदवार रहनुभएको छ। दुवै जना स्थानीय व्यवसायिक क्षेत्रमा स्थापित र अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्।त्यसैगरी, वाणिज्य उपाध्यक्षमा रामबाबु कलवार, कोषाध्यक्षमा रिना रौनियार पुरी तथा वाणिज्य सचिवमा रिता कडेल उम्मेदवार रहनुभएको छ। सदस्य पदका लागि मुकुन्द रिजाल, अमरेन्द्र साह कलवार, विभा गुप्ता र नवरत्न प्रसाद कलवार चुनावी मैदानमा उत्रिएका छन्।गजेन्द्र गुप्ताको नेतृत्वमा रहेको प्यानलले कर प्रणालीमा सहजीकरण, स्थानीय बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा व्यवसायीहरूले भोग्ने समस्याको समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने मुख्य एजेन्डा अघि सारेको छ।चुनावी अभियानका क्रममा बोल्दै गुप्ताले आफ्नो प्यानल व्यावसायिक एकता, विकास र समृद्धिको पक्षमा रहेको उल्लेख गर्दै उद्योगी तथा व्यवसायीहरूले सम्पूर्ण प्यानललाई मत दिएर विजयी गराउने विश्वास व्यक्त गर्नुभयो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)