मन्सुर खान बिरगंज भदौ १७ गते । अल्ताफ हुसेन वीरगन्ज महानगर तरुण दल नगर सभापति पदमा मनोनित. वीरगन्ज, पर्सा — नेपाल तरुण दल पर्साले वीरगन्ज महानगरपालिकाको नगर सभापति पदमा अल्ताफ हुसेनलाई मनोनित गरेको छ । सोमबार सार्वजनिक गरिएको निर्णयपत्रमार्फत उनलाई संगठनलाई सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउन जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।निर्णयपत्रमा भनिएको छ,हामीलाई विश्वास छ कि अल्ताफ हुसेनले आफ्नो नेतृत्व क्षमतासहित संगठनलाई सक्षम र सक्रिय बनाउँदै कुशलतापूर्वक जिम्मेवारी पूरा गर्नेछन्।यससँगै हुसेनलाई आगामी दिनमा संगठनात्मक मजबुती, युवामाझ जनआन्दोलनका आदर्श र लोकतान्त्रिक मूल्य–मान्यताको प्रचार–प्रसार गर्ने दायित्व पनि दिइएको छ।मनोनयनसहित नेपाल तरुण दल पर्साले हुसेनलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।