मन्सुर खान बिरगंज फागुन २ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको सिलसिलामा पर्सा क्षेत्र नं.१ का प्रतिनिधि सभा उम्मेदवार अनिल रुङ्गटासँगको प्रत्यक्ष उपस्थितिमा आज वडा नं. १३ का युवा नेता अनारुल अन्सारीलाई भव्य रूपमा पार्टी प्रवेश गराइयो।उक्त कार्यक्रममा महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम,वडा नं.१३ का प्रत्याशी एवं नेपाली कांग्रेसका युवा नेता शेख रुस्तम र वडा नं.१५ का युवा नेता शिव शंकर यादवको पनि उपस्थिति रहेको थियो।