अशोक यादवलाई ६ दलको समर्थन, शनिबार सर्लाही बन्दको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असार २८ गते । जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष अशोक यादवको समर्थनमा सर्लाही सदरमुकाम मलंगवामा शुक्रबार प्रदर्शन गरिएको छ।नेता यादवमाथि प्रहरीले लाएको झुठा मुद्दा खारेज गर्नुपर्ने र सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने माग गर्दै सदरमुकाम मलंगवामा शुक्रबार प्रदर्शन गरिएको हो। जसपा सर्लाहीका कार्यकर्ताहरूले सदरमुकाममा प्रदर्शन गर्दै नेता यादवको पक्षमा तथा एसपी खड्काको विपक्षमा नारा लगाएका थिए।जसपा नेता यादवविरुद्ध सर्लाही जिल्ला अदालतबाट प्रहरीले पक्राउ पुर्जी जारी गराइसकेको छ। गत हप्ता जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेता यादवलाई पक्राउ गर्न सर्लाही जिल्ला जिल्लाभरका प्रहरी तैनाथ गरिएको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दा पनि प्रहरीले नेता यादवलाई पक्राउ गर्न सकेको छैन।गत हप्ता सर्लाहीको मलंगवामा रहेको पूर्वाधार कार्यालयमा प्रहरीको निगरानीमा राति कमिसन दिनेलाई मात्र चेक बनाउने काम गरेको विषयमा नेता यादव र एसपि खड्काबिच गालीगलौज भएको थियो। गालीगलौज लगत्तै सर्लाही प्रहरीको टोली राति नै जसपा नेता यादवलाई पक्राउ गर्न उनको घर पुग्दा प्रहरीको गाडीमाथि स्थानीयले तोडफोड गरेका थिए।नेता यादवमाथि लगाइएको झुठा मुद्दा खारेज हुनुपर्ने र एसपी खड्कामाथि कारबाही हुनुपर्ने माग गर्दै गत शनिबार पनि जसपाले मलंगवामा प्रदर्शन गरेको थियो।घटनाको छानबिनको माग गर्दै सर्लाहीमा कार्यरत विभिन्न पाँच दलले संयुक्त विज्ञप्ति निकालेर आन्दोलनको चेतावनी पनि दिएका थिए।मलंगवामा शुक्रबार भएको प्रदर्शनपछि जसपा सर्लाहीका सचिव सोहन झाले सर्लाही प्रहरीले नेता यादवमाथि लगाएको झुठो आरोप तत्काल फिर्ता नलिए शनिबार बलंगवा बजार बन्द गर्ने र जिल्लाभरको यातायात ठप्प पार्ने चेतावनी दिएका छन्।यो समाचार तयार पारुन्जेल मलंगवा सदरमुकाममा बन्दको असर नदेखिएको सर्लाहीका प्रहरी प्रवत्ता डिएसपी सरोज राइले बताए।अशोक यादवलाई ६ दलको समर्थन अध्यक्ष यादवमाथि सर्लाही प्रहरीद्वारा लगाइएको झुठा मुद्दा खारेज हुनुपर्ने माग राख्दै सर्लाहीका विभिन्न छ दलले समर्थन जनाएका छन् । उनीहरूले सर्लाही प्रहरी प्रमुखमाथि नै कारबाहीको माग गरेका छन्।सर्लाहीको मलंगवामा यादव र सर्लाही प्रहरी प्रमुख भएको घटनाको न्यायिक छानबिन हुनुपर्ने र यादवमाथि लगाइएको मुद्दा तत्काल खारेज हुनुपर्ने लगायतका माग राख्दै जनता समाजवादी, नेपाल समाजवादी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी र जनमत पाटीले संयुक्त रूपमै प्रेस वत्तव्य जारी गर्दै नेता यादवको समर्थनमा उत्रिएका हुन्।गत हप्ता सर्लाहीको मलंगवामा रहेको पूर्वाधार कार्यालयमा प्रहरीको निगरानीमा राति कमीसन दिनेलाई मात्र चेक बनाउने काम गरेको विषयमा नेता यादव र एसपी खड्काबिच गालीगलौज भएको थियो। गालीगलौज लगत्तै सर्लाही प्रहरीको टोली राति नै जसपा नेता यादवलाई पक्राउ गर्न उनको घर पुग्दा प्रहरीको गाडीमाथि स्थानीयले तोडफोड गरेका थिए। जसपा अध्यक्ष यादवमाथि सर्लाही प्रहरीले अपराधिक उपद्रव मुद्दा दर्ता गरेर अदालत मार्फत पक्राउ पुर्जी जारी गरेपछि नेता यादव फरार छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)