अस्ट्रेलिया भ्रमणमा टी-२० विश्वकप छनोटको राम्रो तयारी गर्ने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज साउन २५ गते । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार अस्ट्रेलियाको डार्बिनतर्फ जाँदैछ। नेपाली टोली डार्बिनमा हुने टप एन्ड टी-२० सिरिजमा सहभागी हुन त्यसतर्फ जान लागेको हो । अगस्ट १४ देखि हुने सिरिजमा नेपालले अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले यस वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट लले पनि यो भ्रमणले उत्कृष्ट टोली बनाउन सहयोग मिल्ने विश्वास गरे । कप्तान रोहितकुमार पौडेलले पनि सिरिजमा राम्रो टोली भएकाले राम्रो तयारी हुने बताए । टोलीमा ललित राजवंशीको स्थानमा साहब आलम जाँदैछन्। ललितको आमाको निधन भएपछि साहब जान लागेका हुन् । अस्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ। त्यसपछि नेपालले बंगलादेश ‘ए’ १६ अगस्टमा, मेलबर्न स्टार्स १८ अगस्टमा, होबर्ट हुरिकेन्स १९ अगस्टमा, २० मा मेलबर्नसँग २० अगस्ट र पाकिस्तान साहिन्सासँग २२ अगस्टमा खेल्नेछ । नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ । त्यसपछि नेपाली टोली विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। शीर्ष तीन टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ । अस्ट्रेलिया जाने नेपाली टोली

१ रोहित पौडेल (कप्तान)

२ दीपेन्द्रसिंह ऐरि (उप-कप्तान)

३ सन्दीप लामिछान४ कुशल भुर्तेल

५ आसिफ सेख

६ कुशल मल्ल

७ गुलशन झा

८ आरिफ सेख

९ भीम सार्की

१० रुपेस कुमार सिंह

११ सोमपाल कामी

१२ नन्दन कुमार यादव

१३ करण के सी

१४ रिजन ढकाल

१५ लोकेस बम

१६ साहब आलम

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)