बारा लागू औषध खैरो हिरोइन सहित ३ जना पक्राउ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असार ११ गते । बारा प्रहरीले लागू औषध खैरो हिरोइन ९ ग्राम ७६० मिलिग्राम सहित ३ जना मानिसहरूलाई सिमराबाट पक्राउ गरेको छ । असार ९ गते दिउँसो १२:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारा मातहत ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप महानगरपालिका वडा नम्बर २ सिमरा चोकमा वीरगंजबाट नारायणगढतर्फ जादै गरेको ना ६ ख ६०५९ नम्बरको यात्रुबाहक बसलाई रोकी चेक जाँच गर्दा चालकको सिटमुनी लुकाई छिपाई राखेको ९ ग्राम ७६० मिलिग्राम लागू औषध खैरो हिरोइन बरामद हुँदा चालक सहित ३ जनालाई नियन्त्रणमा लिईएको बारा प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा बस चालक पर्साको वीरगंज ३२ बस्ने वर्ष ३० को मुनि लाल प्रसाद रौनियार ,बस सह-चालक पर्सा पोखरिया - २ बस्ने वर्ष १९ को दिपेन्द्र शर्मा र बस सह-चालक पकहामैनपुर-४ खेस्राहा बस्ने वर्ष १९ को भिम गिरी रहेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)