मन्सुर खान बिरगंज जेठ ३२ गते । अज्ञात समूहको गोली प्रहारबाट कलैयाका राम राजा बहुमुखी क्याम्पसका प्रमुख हरि भूषण कुशवाहाको हत्याको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा एउटै मोटरसाइकलमा सवार तीन जनाको समूहले क्याम्पस प्रमुख कुशवाहा माथि गोली प्रहार गरेको खुल्न आएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । शुक्रबार साँझ करिब साढे ५ बजे खजुरिया स्थित घरबाट मोटरसाइकलमा सवार भएर कलैया तर्फ आउँदै गर्दा बाटोमा पर्ने बतरामा टोलमा कुशवाहा माथि अज्ञात समूहले एक राउन्ड गोली प्रहार गरि घाइते बनाएका थिए । पछि उनको वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बाराको कलैयामा रहेको रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहामाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । आदर्श कोतवाल गाउँपालिकाको वडा नम्बर ३ स्थित बक्रा टोलमा उनलाई गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको र थप उपचारका लागि वीरगञ्ज लैजाने तयारी भएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलमा आएको अज्ञात समूहले कुशवाहमाथि एक राउण्ड गोली प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । आदर्श कोतवाल गाउँपालिका भारतसँग सीमा जोडिएको क्षेत्र हो । क्याम्पस प्रमुख कुशवाहको घरसमेत सोही क्षेत्रमा पर्ने प्रहरीको भनाइ छ । गोली प्रहार गर्ने समूहको खोजी सुरु गरेकाे न्यौपानेले जानकारी दिए ।