बि.पी. कोइरालाको १११ औँ जन्म जयन्ती भव्य रूपमा मनाइएको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ २४ गते । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बि.पी. कोइरालाको १११ औँ जन्म जयन्ती भव्य रूपमा मनाइएको छ । नेपाली कांग्रेस पर्साले जननायक बि.पि.कोइरालाको जन्म जयन्तीको अवसर मा बि.पि. बिचार गोष्टि को आयोजना कार्यक्रम मनाएको हो । कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले गरेका थिए । बि.पि. विचार गोष्ठीको रूपमा आयोजित यस कार्यक्रममा नेताहरू कार्यकर्ता  र पार्टी सदस्यहरूको उपस्थिती रहेको थियो । विचार गोष्ठीलाई सम्बोधन गर्दै विश्लेषक तथा पत्रकार चन्द्रकिशोर झाले बि.पी. कोइरालाको जीवन, राजनीतिक संघर्ष, र साहित्यिक योगदानमाथि प्रकाश पारेका थिए। उनले बि.पी.को राजनीतिक विचारधाराले नेपालमा प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै, उनको साहित्यिक योगदानलाई पनि स्मरण गराए। बि.पी.लाई सृजनशील नेता र समाज सुधारकको रूपमा सम्मान गरिनुपर्नेमा उनले जोड दिए । त्यसै गरि बिरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलमले बिपीको आदर्श र विचारधाराले आजको समाजलाई सही मार्गदर्शन दिने कुरा व्यक्त गरे। नेपाली कांग्रेसका नेता ओमप्रकाश शर्माले बि.पी.लाई प्रजातान्त्रिक मूल्य र मान्यताका प्रतिकका रूपमा चर्चा गरे । यस गोष्ठीमा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम, कोषाध्यक्ष प्रेम थापा, सहसचिव नवीन सिंह, मदन यादव, नेता ओमप्रकाश उपाध्याय, श्याम पोख्रेल, शान्ति कार्की, रामरुप कुर्मी, किसान संघ पर्साका अध्यक्ष राजेश तिवारी, महिला संघकी किरण शर्मा, तरुण दलका अध्यक्ष विकास तिवारी, र नेविसंघ पर्साका अध्यक्ष रमेश यादव लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रम को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले दिनु भयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)