बिरगंज चैत्र २३ गते । मुस्लिम धर्मावलम्बिहरुको एक महिने महान चाड रमजानको आज २५ औँ रोजा तथा रम्जान महिनाको अन्तिम शुक्रवार अल्बदा जुम्माको पावन अवसरमा नेपाल मुस्लिम पत्रकार संघको अध्यक्ष मंसुर खानले आफ्नो तर्फबाट नेपाल मुस्लिम पत्रकार संघका सम्पूर्ण पदाधिकारी हरुलाई वीरगंज आर्मी व्यारेकको छेउमा रहेको क्लासिक व्याङ्गक्विटमा आज इफतार अर्थात रोजा खोल्ने कार्यक्रमको आयोजना भएको छ । इफतार कार्यक्रममा विभिन्न संचार माध्यममा जुडेका मुस्लिम पत्रकार हरुको सहभागित रहेको थियो । इफतार पश्चात नेपाल मुस्लिम पत्रकार संघको वार्षिक साधारण सभा भव्य र सभ्य रूपमा संपन्न गर्न छलफल समेत गरिएको थियो ।