बिरगंज महानगर पालिका वार्ड नं.२२ मा रामनवमी को अवसर मा आयोजित श्रीभवानी मेला को उद्घाटन भएको छ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज वैशाख ५ गते । बिरगंज महानगर पालिका वार्ड नं.२२ मा रामनवमी को अवसर मा आयोजित श्रीभवानी मेला को उद्घाटन भएको छ। जगरनाथपुर युवा क्लब द्वारा आयोजित श्रीभवानी मेला उद्घाटन बिरगंज महानगर पालिका का उप प्रमुख तथा श्रीभवानी मेला का प्रमुख अतिथि इम्तियाज आलम ले फिता काटेर उद्घाटन गर्नु भएको हो। उक्त मेला मा क्लब ले कुस्ती प्रतियोगिता को आयोजना गरेको थियो। कुस्ती प्रतियोगिता मा विभिन्न ठाउँ का खालिफा हरुको सहभगिता रहेको थियो। उप प्रमुख इम्तियाज आलम ले खलिफा हरु लाई हात मिलाउँदै आखडा मा कुस्ती गराएका थिए। यस्तो प्रतियोगिता हुनु पर्छ म धन्यवाद दिन चाहन्छु जगरनाथपुर युवा क्लब लाई कि वहाँ हरु यस्तो मेला को आयोजना गर्नु भएको छ। आउने दिनहरु मा म संग कुनै किसिम को सहयो चाहिए मा म सहयोग गर्न तत्पर छु युवा हरुको हवसला बढाउदै मेला सराहाना गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो। मन्तव्य को क्रम मा सो कार्यक्रम मा बिरगंज महानगर पालिका वार्ड नं.२२ का वडा अध्यक्ष दोवारिका महतो ले उप प्रमुख आलम लाई धन्यवाद दिदै भने उप प्रमुख आलम हाम्रो वडा को लागि र वडा बासीहरु को लागि सहयोग गर्न अगाडि रहनु हुन्छ र यस्तो मेला हरेक वर्ष युवा क्लब ले आयोजना गर्ने छन म विस्वास लिएको छु भनु भयो। सो मेला मा दर्शक हरु को बाक्लो उपस्थिति रहेको थियो। बिरगंज महानगर पालिका का उप प्रमुख इम्तिया आलम का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी गराउनु भयो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)