बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज माघ २ गते । बिरगंज महानगरपालिका वडा नं.०९ मा ज्येष्ठ नागरिक,एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण । बिरगंज महानगरपालिका वडा नं.०९ का वडा अध्यक्ष जवाहिर प्रसाद गुप्ता को पहलमा ज्येष्ठ नागरिक,एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई कम्बल र इलेक्ट्रिक जग वितरण गरिएको छ । यस वितरण कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम रहेका थिए । उहाँले वितरण कार्यक्रमलाई उद्घाटन गर्दै समाजका कमजोर तथा विशेष आवश्यकता भएका वर्गहरूको हितमा यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताउनुभयो । वडा नं.०९ का अध्यक्ष जवाहिर प्रसाद गुप्ताले यो कार्यक्रम समाजसेवाका लागि आफूले चालिएको एउटा सानो प्रयास भएको बताउँदै, यस्ता सहयोगका कार्यहरू आगामी दिनमा पनि निरन्तर गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडाभित्रका विभिन्न टोलहरूबाट आएका ज्येष्ठ नागरिक, एकल महिला,तथा अपाङ्गता भएका व्यक्तिहरूले कार्यक्रमबाट प्रत्यक्ष लाभ लिएका छन् । उनीहरूले यस सहयोगका लागि वडा कार्यालयप्रति आभार व्यक्त गरेका छन् । कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी स्थानीय जनप्रतिनिधि,तथा वडा कार्यालयका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रम अत्यन्तै सकारात्मक वातावरणमा सम्पन्न भयो । यो पहलले वडा नं.०९ मा विपन्न वर्गलाई सहयोग पुर्‍याउने प्रयास मात्रै नभई सामुदायिक सद्भाव र समानताको सन्देश प्रवाह गरेको छ । सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले दिनु भयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)