मन्सुर खान बिरगंज असार १७ गते । पर्साको बिरगंज मेनरोड आदर्श नगरमा रहेको सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी भएको छ । सोमबार बेलुकाको ४ बजे लागेको आगो नेपाल प्रहरी बिरगंज महानगरपालिका , बिहार पुलिस लगायतका बरुण यन्त्रद्वारा आगलागीलाई नियन्त्रण गर्न प्रयास गरिएको थियो । राती लगभग ८ बजेको समयमा स्थानीय प्रहरी सशस्त्र प्रहरी नेपाली सेना तथा महानगरका कर्मचारी लगायत स्थानीयहरुको सहयोगमा आगो पुर्ण रुपले नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । के कारणले आगलागी भएको र के -कति क्षति भएको विवरण थप अनुसन्धानपछी आउने प्रहरीले प्रारम्भिक प्रतिक्रिया दिएको छ । तर प्रत्यक्षदर्शीहरुको अनुसार सर्ट सर्किट भैइ आगलागी हुने आशंका गरिएको छ।