बिरगंजका आशिफ अहमद सम्मानित, अनेरास्ववियुको भव्य कार्यक्रम जनकपुरमा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज भदौ ४ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) द्वारा आयोजना गरिएको भव्य कार्यक्रम मधेस प्रदेशको राजधानी जनकपुरमा सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रमलाई अनेरास्ववियु मधेस प्रदेश संयोजक सतीश चन्द्र सिंहले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रूपमा नेकपा (एमाले) मधेस प्रदेश इन्चार्ज तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठको उपस्थितिले कार्यक्रमलाई थप ऐतिहासिक बनाएको थियो । कार्यक्रममा अनेरास्ववियुका विभिन्न तहका केन्द्रीय पदाधिकारीहरूलाई सम्मान–पत्र प्रदान गरिएको थियो। विशेषगरी नव निर्वाचित केन्द्रीय सदस्य बिरगंजका आशिफ अहमदलाई पूर्व मन्त्री श्रेष्ठले सम्मान गर्दै उहाँको विद्यार्थी आन्दोलनप्रतिको योगदान र सक्रिय भूमिकाको प्रशंसा गरे । नव निर्वाचित सदस्य आशिफ अहमदले सम्बोधन गर्दै संगठनलाई अझ बलियो बनाउन संगठन विस्तार, प्रशिक्षण कार्यक्रम, रचनात्मक अभियान, विद्यार्थी आन्दोलन र आगामी स्ववियु निर्वाचनलाई मिशन बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले अनेरास्ववियु अभियानलाई ८४ को ऐतिहासिक लक्ष्य सफल बनाउन सबै तह र तप्काका विद्यार्थी नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, हाम्रो आन्दोलन केवल चुनावमा सीमित छैन, यो शिक्षा सुधार, विद्यार्थी अधिकार र सामाजिक रुपान्तरणको आन्दोलन हो। संगठनलाई जनमुखी, सबलीकृत र समयानुकूल बनाएर अघि बढ्दा मात्रै हाम्रो मिशन पूरा हुन्छ । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटीका उपाध्यक्ष, सचिव, सचिवालय सदस्य, आठौं जिल्ला इन्चार्ज, जिल्ला संयोजक, जिल्ला अध्यक्षलगायतका नेताहरूको उपस्थिति थियो । सहभागीले अनेरास्ववियु अभियानलाई अझ सशक्त बनाउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका थिए । यसरी, मधेस प्रदेशको जनकपुरमा सम्पन्न अनेरास्ववियुको भव्य कार्यक्रमले संगठनलाई उत्साह, ऊर्जा र एकताको नयाँ सन्देश दिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)