बिरगंजका होटल तथा पर्यटन ब्यबसायीहरु लाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख २४ गते । बिरगंजका होटल तथा पर्यटन ब्यबसायीहरु लाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह । बिरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहरुलाइ करको दायरामा आउन आग्रह गरेका छन । आज महानगरपालिकाको आफ्नै कार्यकक्ष आयोजित होटल तथा पर्यटन ब्यबसायीहरु संगको भेटघाट एबम छलफल कार्यक्रममा महानगरका प्रमुख राजेश मान सिंहले उक्त आग्रह गरेका हुन । प्रमुख सिंहले समग्र बिरगन्जको बिकासको निम्ति कर तिरेर आ -आफ्नु जिम्मेवारी पुरा गर्न पर्यटन ब्यबसायीहरु लाइ विशेष अनुरोध गरेका थिए । उक्त छलफलमा कार्यक्रममा होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तले महानगरका अधिकांस ब्यबसायीहरु करको दायरामा आइसकेको र नआएका ब्यबसायिहरु पनि करको दायरामा आउन सकारात्मक रहेका बताए । अध्यक्ष पन्तले सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहरु बिरगंजको बिकासको निम्ति महानगरसंग सहकार्य गर्न तयार रहेका पनि बताए । अध्यक्ष पन्तले कर तिर्नु ब्यबसायिहरुको दायित्व पनि भएकोले सबै होटल तथा पर्यटन ब्यबसायीहरु लाई अनिवार्यरूपमा करको दायरामा आउन आग्रह गरिने बताए । उक्त भेटघाट तथा छलफलमा महनगरका उपप्रमुख इम्तियाज आलम कर शाखाका अधिकृत लगायत होटल तथा पर्यटन ब्यबसायी संघका बरिस्ठ उपाध्यक्ष रचिन्द्र थापा , महासचिव माधब बस्नेत लगायतका होटल एबम पार्टी प्यालेस ब्यबसायिहरु सहभागी थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)