बिरगंजमा एमएडब्ल्यु ग्रुपको फोटोन ईलेक्ट्रिक कारको साे रुमको उदघाटन।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज असोज २१ गते । बिरगंजमा एमएडब्ल्यु ग्रुपको फोटोन ईलेक्ट्रिक कारको साे रुमको उदघाटन भएको छ। बिरगंज महानगरपालिका वडा नं.१२ मुर्ली स्थित ईलेक्ट्रिक कारकाे साे रुमको ओपनिङ्ग भएको हो।बिरगंज महानगरका उप प्रमुख इम्तियाज आलमले एक कार्यक्रमबीच फिता काटेर उदघाटन गर्नु भएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख आलमले मन्तव्य को क्रम मा भने ईलेक्ट्रिक कार खरिद गर्न बिरगंज भन्दा बाहिर जानुपर्ने अवस्था रहेकोमा अब ईलेक्ट्रिक कारको शोरुम बिरगंज मै खुलेकोले खुशी ब्यक्त गरे। उनले ईलेक्ट्रिक कारको प्रयोगदेखि बिक्री वितरणले नागरिक देखि ब्यापारी दुबैलाई फाइदा रहेको बताए।शोरुममा अहिले १०र १५ सिट भएको फोटोन दुईवटा मोडलको कारा उपलब्ध छ। दशैंको बेला भएकोले शोरुम खुल्नुभन्दा अघि नै कारको बुकिङ समेत भएको शोरुमका अधिकारिक बिक्रेता का सन्चालक सदिक समनी ले जानकारि दिनु भयो । १५ सिट भएको कार एकपटक चार्ज गरेपछि २३५ किलोमिटर सम्म चलाउन सकिन्छ। कारमा तीन लाख किलोमिटर र पाँच वर्षको वारेन्टी हुनुका साथै २० प्रतिशत डाउन पेमेन्टमा फाईनान्सको पनि सबिधा रहेको जानकारी समेत गराउनु भयो।हरेक सिट फोल्डिङ भएको तथा एसीको पनि सुबिधा रहेको छ। पछिल्लो समय पेट्रोलियम पदार्थ डिजेल र पेट्रोल महगो हुदै गएको अवस्थामा इलेक्ट्रिक कार तर्फ ग्राहकहरुको आकर्षण बढन थालेको छ। सो कार्यक्रम को सभापतित्व सो रुम का संचालक सदिक मिया समानी रहनु भएको थियो भने प्रमुख अतिथि मा बिरगंज महानगर पालिका का उप प्रमुख इम्तिया आलम रहनु भएको थियो त्यसै गरि विशिस्ट अतिथिमा नेपाली कांग्रेस का नेता तथा पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, उधोग पति ओमप्रकश सिकारिया, नेजमुदिन समानी, लगायत का अतिथी हरु को सहभगित रहेको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)