बिरगंजमा हैजा नियन्त्रणका लागि अन्तरक्रिया, खानेपानी परीक्षण सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ १९ गते । हैजा रोग नियन्त्रण गर्न बिरगंज महानगर पालिका ले अन्तर क्रिया कार्यक्रम को आयोजना गरेको छ। बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम को अध्यक्षता मा बसेको बैठक ले हैजा रोग नियन्त्रण सुझाव संकलन गरिएको थियो।बक्ताहरु को अनुसार झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ । उक्त जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् । हैजाको पहिलो स्रोत फोहोर वा तलाउ हुन् । हैजाको जिवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ बताउँछन।हैजाबाट बच्न शौचालयमा मात्रै दिसापिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाबपछि राम्रोसँग मिचिमिची साबुन पानीले हात धुने, खाना बनाउनुअघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने बक्ताहरु को सुझाव थियो।झाडापखला र हैजाको प्रकोप देखिएपछि बिरगंज महानगरपालिकाले आफ्नै प्रयोगशालामार्फत खानेपानीको परीक्षण सुरु गरेको छ । झाडापखला र हैजा संक्रमणको प्रमुख कारण दूषित पिउने पानी हुनसक्ने आशंकामा महानगरले नमुना संकलन गरी परीक्षण प्रक्रिया अघि बढाएको हो ।महानगरले वडा नम्बर १०, ११ र १२ भित्रका विभिन्न पाँच स्थानका धाराबाट पानीको नमुना संकलन गरिएको छ। माइक्रोबायोलोजिस्ट अजय मण्डल, प्राविधिक टोलीले संकास्पद क्षेत्रमा पुगेर धाराको पानी संकलन गरी प्रयोगशालामा परीक्षण गर्ने कार्यलाई तीव्रता उप प्रमुख इम्तियाज आलम ले जानकारी दिए। बिरगंज महानगर पालिका भित्र रहेका अस्पतालहरु नियमित अनुगमन भैरहेको कार्यक्रम को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले दिनु भयो। उम कार क्रम मा जिल्ला प्रशासन कार्यालय का प्रमुख जिल्ला अधिकारि तोय नारायण सुवेदी स.प्र.जि.अ. सुमन कुमार कार्की नारायणी अस्पताल का मे.सु.डा.चुमन लाल दास जिल्ला प्रहरी का प्र.ना.उ. किशोर लम्साल बिरगंज महानगर पालिका का प्रशासन महासाखा प्रमुख सुनिल कुमार कर्ण लगायत का हरु को उपस्तिथि रहेको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)