बिश्व दृष्टि दिवसको अवसरमा पर्सामा प्रहरीका लागि निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असोज २३ गते । बिश्व दृष्टि दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सा र राम कुमार महावीर प्रसाद केडिया आँखा अस्पताल वीरगञ्जको संयुक्त आयोजनामा एक दिवसीय निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ।उक्त कार्यक्रम असोज २३ गते बिहान ८:०० बजे जिल्ला प्रहरी कार्यालय पर्साको सभा हलमा आयोजना गरिएको थियो। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित सो शिविरमा १८५ जना प्रहरी कर्मचारीहरूले आँखा परीक्षण गराएका थिए।आँखा अस्पतालका नेत्र अधिकृत कौशल कुमार कर्ण, नेत्र सहायक अधिकृत सन्तोष ठाकुर, नेत्र सहायक अधिकृत आशा साह र अस्पताल व्यवस्थापन शाखाका प्रकाश कुमार वर्माको टोलीले परीक्षण कार्य सम्पन्न गरेका थिए।शिविरमार्फत १०२ जनालाई चश्मा वितरण गरिएको, ११३ जनालाई औषधि वितरण गरिएको, १ जनामा मोतियाबिन्दु र १ जनामा उच्च पावरको समस्या पाइएको अस्पताल स्रोतले जनाएको छ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, प्रहरी नायब उपरीक्षक किशोर लम्साल, अन्य प्रहरी अधिकारी तथा कर्मचारी गरी १८५ जनाको उपस्थिति रहेको थियो।कार्यक्रमले प्रहरी कर्मचारीहरूको स्वास्थ्य सचेतना र दृष्टि संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक संस्थाले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)