बुद्ध एयरको गम्भिर लापरबाही अगाडिको टायर बिनै जनकपुरबाट जहाज उड्यो तर सुरक्षित अवतरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज फागुन २३ गते । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको ९एन-एएनएच जहाजको अगाडिको पांग्रा उडानकै क्रममा खसेको भए पनि पाइलट तथा चालक दललाई त्यसबारे कुनै जानकारी थिएन।नागरिक उड्डयन प्राधिकरणका अनुसार ल्याण्डिङ गियरको इन्डिकेसन ककपिटमा नदेखिने भएकाले उडानको दौरानमा पांग्रा खसेको पत्ता लाग्न नसकेको हो।प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार बिहीबार अपराह्न ४:४५ बजे जनकपुर विमानस्थलबाट उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र पांग्रा हराएको पत्ता लागेको थियो।नियमित जाँचका क्रममा नोज ल्याण्डिङ गियर (अगाडिको पांग्रा) हराएको देखिएपछि खोजी सुरु गरिएको थियो।ल्याण्डिङ गियरको इन्डिकेसन प्रणाली ककपिटमा नदेखिने भएकाले चालक दललाई उडानका क्रममा पांग्रा खसेको जानकारी भएन,प्रवक्ता भुलले भने। खोजी गर्दा जहाज उड्ने क्रममा जनकपुर विमानस्थलकै रनवे टर्निङ प्याडमा पांग्रा खसेको पुष्टि भएको उनले बताए।जहाजमा ६२ जना यात्रु सवार थिए। सबै सकुशल रहेका छन्।हाल जहाजलाई ग्राउन्डिङ गरिएको छ भने नागरिक उड्डयन प्राधिकरणले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ।यो घटनाले हवाई सुरक्षाका मापदण्ड र प्राविधिक निरीक्षण प्रक्रियाप्रति नयाँ प्रश्न उठाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)