छपकैया प्रहरी बिटद्वारा सेवामूलक कार्य: सर्वसाधारणको विश्रामका लागि कंक्रीट बेञ्चको व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज साउन ११ गते । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको छपकैया प्रहरी बिटले सामुदायिक सेवामूलक कार्य गर्दै सर्वसाधारणका लागि विश्रामस्थलको व्यवस्था गरेको छ । प्रहरी सहायक निरीक्षक पैगम्बर अन्सारीको सक्रियतामा वीरगंज महानगरपालिका–२ का वडा अध्यक्ष मोहम्मद रेयाज मियाँको सहयोगमा प्रहरी बिट परिसरमा कंक्रीट बेञ्च निर्माण गरिएको हो । सार्वजनिक स्थानमा विश्राम गर्न सहज होस् भन्ने उद्देश्यका साथ गरिएको यस पहलप्रति सर्वसाधारणले सकारात्मक प्रतिक्रिया जनाएका छन् । वडा अध्यक्ष मियाँले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । छपकैया प्रहरी बिटको यो कदमले प्रहरी–समुदाय सम्बन्ध सुदृढ गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)