चिकित्सकहरूको टोली लिएर गृहमन्त्री लेखक हैजा प्रभावित वीरगञ्ज जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज भदौ १४ गते । गृहमन्त्री रमेश लेखक सुरक्षा निकायको चिकित्सकको टोलीसहित वीरगञ्जको हैजाप्रभावित क्षेत्रमा जान लागेका छन् । शनिबार गृहमन्त्री लेखक वीरगञ्जका हैजाबाट संक्रमित भएका बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने आवश्यक तयारीको विषयमा आवश्यक छलफल र समन्वय गर्नका लागि शनिबार वीरगञ्ज जान लागेका हुन् । पछिल्लो समय वीरगञ्जमा हैजाको संक्रमण फैलिएपनि अहिलेसम्म हैजाको स्रोत पत्ता लाग्न भने सकेको छैन । गृहमन्त्री लेखकले आइतबार बिहान नारायणी अस्पतालमा उपचारत बिरामी तथा अस्पताल प्रशासन र पर्सा जिल्लाको जिल्ला सुरक्षा समिति लगायतसँगपनि भेटघाटको कार्यक्रम राखेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले शनिबार गृहमन्त्री लेखक वीरगञ्जमा आउने कार्यक्रम तय भएको बताए गृहमन्त्रीको सचिवालयले वीरगञ्ज जान लागेका लेखकसँग नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चिकित्सकसहितको टोली जानेछ । भदौं ८ गते गृहमन्त्री लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियनत्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सकको टोली परिचालन गर्ने निर्णय गरेको थियो । बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन निर्देशन दिएका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)