चिसापानीस्थित कर्णाली पुलमा आगलागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज फागुन २८ गते । टीकापुर लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.५ ख ५२९७ नम्बरको मालवहाक ट्रकमा अचानक लागेको आगो कर्णाली पुलमा सल्किएको हो । चल्दै गरेको ट्रकबाट सल्किएको आगो पुलका डोरीहरूमा सल्किएको रेडक्रसकर्मी मार्कण्डे उपाध्यायले जानकारी दिनुभएको छ । पर्यटकीय क्षेत्र चिसापानीमा आएकाहरुका आकर्षणको केन्द्र बनेको पुलमा अचानक आगलागी भएपछि आगो निभाउने प्रयास थालिएको छ । आगो नियन्त्रणका लागि स्थानीयवासी, सुरक्षाकर्मी र लम्कीचुहा नगरपालिकाले प्रयास गरिरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)