मन्सुर खान बिरगंज कात्तिक १२ गते । चितवन बाट पिक्निक मनाएर बिरगंज तर्फ फर्किदै गरेको ना ७ ख ४७४९ नम्बरको गाडी सिमरा स्थित राष्ट्रिय बाणिज्य बैंकको भवनमा अनियंत्रित भएर ठोक्किदा ४० जना घाईते भएको छ।मृतकको विवरण आउँन बाकीको साथ साथै घटनाको बिस्तृत विवरण समेत आउँन बाकी छ जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २ सिमरामा शनिवार राति अनियन्त्रित भएर बस दुर्घटना हुदाँ बसमा सवार एक जनाको मृत्यु भएको छ । चितवनको जलबिरे झरना बाट पिकनिक मनाएर बिरगंज तर्फ फर्किदें गरेको ना ७ ख ४७४९ नम्बरको तारकेश्वर रात्री बस दुर्घटना हुदाँ घटनास्थलमा एक जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । बिरगंज स्थित टाईगर युवा क्लबले रिजर्भ गरेर पिकनिकमा गएको बस बिरगंज तर्फ फर्किने क्रममा स्कुटीलाई बचाउन खोज्दा गाडी अनियन्त्रित भएर सिमरा स्थित राष्ट्रिय बाणिज्य बैंकको भवनमा ठोक्किदा दुर्घटना भएको बसमा सवार रहेकाहरुले बताएको छ।बसमा सवार ५१ जना मध्य १२ जना महिला रहेको प्रहरीले जनाएको छ । बसमा सवार ५१ जना मध्य ४१ जना घाईते रहेको र गम्भीर घाईते भएकाहरुको बिरगंजमा उपचार भईरहेको प्रहरीले जनाएको छ घटनास्थलमै एक जनाको मृत्यु भए पनि प्रहरीले अझै मृतकको पहिचान खुलाएको छैन बसमा सवार रहेका यात्रुहरुको अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।यता प्रहरीले बसको चालक फरार रहेकोले चालकको खोजतलास भईरहेको जनाएको छ।घटना बारे ठप्प अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।