दानबहादुर कार्कीद्वारा लुटेराको बहादुरीसाथ प्रतिकार गर्ने सञ्जिता शाक्यलाई सम्मान गरिएको छ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख २४ गते । दानबहादुर कार्कीद्वारा लुटेराको बहादुरीसाथ प्रतिकार गर्ने सञ्जिता शाक्यलाई सम्मान गरिएको छ।प्रहरी महानिरीक्षक कार्कीले सञ्जिता शाक्यले ज्वेलर्समा भएको लुटपाट प्रयासका क्रममा प्रदर्शन गरेको साहसिक कार्यको कदर गर्दै सम्मान गरेका हुन्।नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रममा आईजीपी कार्कीले उनलाई कदरपत्र प्रदान गरी सम्मान गरेका थिए।काठमाडौं महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित नैना एन्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो दुई जना व्यक्तिले पेस्तोल देखाई लुटपाट गर्ने प्रयास गरेका थिए। उक्त घटनाका क्रममा आफ्नो ज्यानको पर्वाह नगरी साहस, आत्मविश्वास तथा नागरिक दायित्व प्रदर्शन गरेको भन्दै उनलाई सम्मान गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)