मन्सुर खान बिरगंज बैशाख २२ गते । एआईजी शिद्धी बिक्रम शाहद्वारा दर्ज्यानी चिन्ह सुशोभन तथा खेल सामग्री हस्तान्तरण।काठमाडौँ — राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन तथा खेल सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको पत्रादेश अनुसार प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम ३९ बमोजिम जनपद प्रहरी समूहअन्तर्गत प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा विशेष बढुवा हुनुभएका आरीफ शेखलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो। शेख नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत हुन्।कार्यक्रममा एआईजी शाहले माया ग्रुप यू.के. र नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालयबीच सन् २०२६ देखि २०२७ सम्म नेपाल पुलिस क्रिकेट टिमका लागि खेल सामग्री प्रायोजन गर्ने सम्झौता अनुसार प्राप्त सामग्री खेलाडी तथा अफिसियलहरूलाई हस्तान्तरण गर्नुभएको थियो।कार्यक्रममा प्रहरी अधिकृतहरू, खेलाडीहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।