मन्सुर खान बिरगंज बैशाख २२ गते । रोशी खोलामा फसेका सवारी साधन र यात्रुको उद्धार,बिपी राजमार्ग अवरुद्ध।काभ्रे — काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ चारसयबेसीस्थित रोशी खोलामा फसेका पाँच वटा सवारी साधन र तिनमा सवार यात्रुको सफल उद्धार गरिएको छ।सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार लगातार वर्षाका कारण रोशी खोलामा पानीको सतह बढ्दा सडक कटान भई यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।उक्त स्थानमा पाँच वटा हायस गाडीमा सवार करिब ६०–६५ जना यात्रु खोलामा फसेका थिए।सशस्त्र प्रहरीको टोलीले डोरी तथा डोजर/एक्स्काभेटरको सहायताबाट उनीहरूको उद्धार गरेको हो।घटनाको जानकारी प्राप्त हुनासाथ नम्बर १५ गण काभ्रे तथा मनसुन प्रतिकार्य बेस भकुण्डेबाट खटिएको सशस्त्र प्रहरी तत्काल उद्धार कार्य सञ्चालन गरेको थियो।यसैबीच, सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–७ लासटोल क्षेत्रमा काठमाडौंतर्फ आउँदै गरेका १५० भन्दा बढी सवारी साधनलाई रोकिएको सशस्त्र प्रहरीले जनाएको छ।प्रहरीले वर्षायाममा नदी तथा खोलामा जलस्तर आकस्मिक रूपमा बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।