डिआईजी आचार्यको मधेश प्रदेशको कार्यकाल: १ अरब बढी राजश्व संकलन,पर्सा प्रहरी प्रमुख एसपी मिश्राको सक्रियतामा कुल ४६ करोड ,७ लाख,५९ हजार, बराबरको अबैध स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख १६ गते । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका तत्कालीन प्रमुख डिआईजी हाल एआईजी लालमणि आचार्यको कार्यकालमा १ अरब भन्दा बढी राजश्व संकलन भएको छ।डिआईजी आचार्यको निर्देशनमा प्रदेशको ८ वटै जिल्लामा बिगतको तुलनामा प्रगती बढी भएको हो। यस आर्थिक बर्षको साउन महिना देखी गत चैत्र मसान्त सम्म सप्तरी देखी पर्सा जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले कुल १ अरब,१० करोड,१८ लाख,२० हजार,९३७ रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । जस मध्ये सब भन्दा बढी पर्सा जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्राको सक्रियतामा कुल ४६ करोड ,७ लाख,५९ हजार,७३७ रुपैयाँ मूल्य बराबरको अबैध सामान बरामद गरेको प्रदेश प्रहरीको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसैगरी ८ जिल्ला मध्ये सबै भन्दा कम जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहतका युनिटहरुले साेही अवधिमा मात्र १ करोड,२९ लाख,६८ हजार,५४ रुपैयाँको अबैध सामान बरामद गरेको देखिन्छ।त्यसैगरी अबैध भारतीय सामानको तस्करी गर्ने १९६ जना तस्कर पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुका साथै  भन्सार छलीको सामान ओसार पोसार गर्ने ६५९ सवारी साधन बरामद गरीएको प्रतिवेदनमा उल्लेख गरिएको छ। डिआईजी आचार्यको निर्देशनमा प्रदेशको ८ वटै जिल्लामा सञ्चालन गरिएको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत ९ महिनाको अवधिमा अदालतबाट दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ३ हजार ९१४ जना लाई पक्राउ गरिएको छ।उनीहरूबाट ८ करोड,१० लाख,४३ हजार ४ रुपैयाँ असुल र ६४५ बर्ष, १हजार,३६४ महिना र ४ हजार ५८ दिन कैद भुक्तानीको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराइएको मधेश प्रदेश प्रहरी कार्यालय द्वारा उपलब्ध गराईएको प्रतिवेदनमा उल्लेख गरिएको छ।त्यस्तै लागुऔषध कारोवार नियन्त्रण अभियान अन्तर्गत प्रदेशको आठै जिल्ला स्थित प्रहरीले सोही अवधिमा १२ हजार ५१२ किलो,२० हजार ९०६ ग्राम गाँजा,१८४ किलो,२४५४ ग्राम चरेस,४४ किलो,१७६६ ग्राम,९६० मिलिग्राम अफिम बरामद गरिएको छ।त्यस्तै १९ ग्राम,९९९ मिलिग्राम ब्राउन सुगर,२२२५ ग्राम,,८३१३ मिलिग्राम हिरोईन, बिभिन्न किसिमका प्रतिबन्धित नशालु ट्याबलेट ३ लाख,३१३८ पिस ,२२ हजार ४७१ एमपुल नशालु ईन्जेक्सन र ३ हजार ४२५ फाईल नशालु सिरप बरामद गरिएको छ।उक्त लागुऔषध ओसार पसारमा संलग्न ४४१ जना तस्कर माथी मुद्दा दायर गरिएको छ।जस मध्ये सबै भन्दा बढी जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङको सक्रियतामा ठूलो परिमाणमा लागुऔषध बरामद गर्नुका साथै १०४ जना तस्कर माथी लागू औषध सम्बन्धी मुद्दा दायर गरिएको देखिएको छ।डिआईजी लालमणि आचार्य २०८१ भदौ ५ गते मधेश प्रदेश प्रहरी कार्यालय प्रमुखको रूपमा कार्यभार सम्हालेका थिए। उनको गत ४ गते एआईजी पदमा बढुवाको सिफारिस भएर गत १४ गते आईतवार मधेश प्रदेश प्रहरी कार्यालयबाट रवाना भई प्रहरी प्रधान कार्यालय काठमाडौं हाजिर भएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)