मन्सुर खान बिरगंज कात्तिक १९ गते । डिआइजी गोविन्द थपलिया पर्सा जिल्लामा पुगेर निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन मधेश प्रदेशका डिआइजी थपलिया पर्सा जिल्लाको समग्र सुरक्षा अवस्थाको अनुगमन तथा निरीक्षणका लागि वीरगञ्जस्थित जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका हुन् । उनको आगमनपछि पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठक लगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा सुरक्षा सम्बन्धी विषयमा संयुक्त छलफल भएको थियो । छलफलमा पछिल्लो समय जिल्लामा देखिएका अपराध नियन्त्रण, सीमा क्षेत्रको सुरक्षा सुदृढीकरण र स्थानीय स्तरमा शान्ति–सुरक्षा कायम गर्ने विषयमा प्राथमिकता दिइएको छ ।