मन्सुर खान बिरगंज माघ ११ गते । डिएसपी प्रल्हाद कार्कीद्वारा दर्ज्यानी चिह्न सुशोभन एवं फेरि भेटौँला कार्यक्रम सम्पन्न नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल, काठमाडौँको पत्रादेशअनुसार जनपद प्रहरी समूह तर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापना हुनुभएका प्रहरी सहायकद्वय नितेश कार्की र बजारु चौधरीलाई नगर प्रहरीका कार्यालय प्रमुख डिएसपी प्रल्हाद कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नगर प्रहरी परिवारको माझ दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ । साथै, सोहि पत्रादेशानुसार जनपद प्रहरी समुह तर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक पदमा मा वढुवा भइ तालुक कार्यालय इन्टलिजेन्स शाखामा दरवन्दी कायम रहि जानलाग्नु भएका प्रहरी सहायक हवल्दार यशोदा श्रेष्ठ तथा नेपाल प्रहरी प्रधान कार्यालय , मानवश्रोत विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेश अनुसार इलाका प्रहरी कार्यालय राकम, कर्णाली दैलेख दरवन्दी कायम रहि सरुवा भइ जान लाग्नुभएका प्रहरी जवान थिर कुमारी आचार्यलाई "फेरि भेटौला" कार्यक्रम मार्फत सम्मान पुर्वक बिदाई गरिएको छ ।