धनुषामा प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागुऔषध कारोबारी, एक घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज साउन २९ गते । धनुषामा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बुधबार मिथिला नगरपालिका-२ बाट दुई जनालाई पक्राउ गरेको जनाएको छ । ब्युरोबाट प्रहरी निरीक्षक राकेश यादव र वरिष्ठ सई बालकृष्ण संजेल नेतृत्वको टोलीले दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले एक राउण्ड हवाई फायर र अर्को पटक लागुऔषध कारोबारीमाथि प्रहार गरेको हो । प्रहरीले पटकपटक कारोबारमा संलग्न हुने पप्पु साहलाई पक्राउ गरेको छ। अर्का एक जना महिला पनि नियन्त्रणमा छन् । पप्पुको घुँडामुनि गोली लागेर घाइते भएका छन्। उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ । पप्पु लागुऔषधकै कारोबार गरेको मुद्दामा ८ वर्ष जेल बसिसकेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)