मन्सुर खान बिरगंज कात्तिक २४ गते । एआईजी उमा चतुर्बेदीको प्रमुख आतिथ्यतामा ट्राफिक व्यवस्थापन सम्बन्धमा अन्तरकृयात्मक कार्यक्रम काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा संचालन भईरहेको ४५ दिन कार्य अवधिको आवासीय ट्राफिक नियन्त्रण तालिम १५४ औं समूहका प्रशिक्षार्थीहरुको तालिम पाठ्यक्रम बमोजिम नेपाल प्रहरी प्रधान कार्यालय,कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीको प्रमुख आतिथ्यतामा आज ट्राफिक व्यवस्थापन सम्बन्धमा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ ।