एलओडी फेरि बन्यो विश्वकै उत्कृष्ट ५० औं क्लब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख २५ गते । ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको छ । केही समय अघि क्लब डिजे म्याग टप १०० को नोमिनेसनमा परेको थियो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५० औं स्थानमा परेको हो । यसअघि क्लब ४९ र ५२ औं स्थानमा परेको थियो ।म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागीता रहने गर्छ। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो । यसअघि सन् २०२२ का लागि एलओडी सय क्लबले ५२ औं स्थानमा प्रवेश पाएको थियो । यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ५० औं स्थानमा पर्न सफल भएको क्लबका सहसंस्थापक भूपेन कुँवरले बताए । उनका अनुसार क्याम्पियनमा पाँच सय क्लब सहभागी भएका थिए । केही दिनअघि विश्वका उत्कृष्ट क्लबहरूको श्रेणी स्थान सार्वजनिक गरिएको हो । सय वटा उत्कृष्ट सय क्लबको सयौँभित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने उनको भनाइ छ । काठमाडौं आउने एलओडी क्लब खोजी गर्नेको पनि संख्या बढिरहेको उनले बताए । क्लबलाई उत्कृष्ट स्थानमा पार्न सबै जनाको साथ र सहयोग रहेको कुँवरले उल्लेख गरे । रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने उनले बताए । अहिले ठमेल २४ सै घण्टा खुला गर्ने निर्णय सरकारले गरेको छ । यसले गर्दा नाइट लाइफमा रमाउनेहरू तथा व्यवसायी पनि उत्साहित छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)