एनआरएनए एनसीसी कतारको नयाँ कार्यसमितिद्वारा नेपाली राजदूतसँग विशेष भेटघाट सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ १३ गते । एनआरएनए एनसीसी कतारको नयाँ कार्यसमितिद्वारा नेपाली राजदूतसँग विशेष भेटघाट सम्पन्न. (दोहा कतार) गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारको एघारौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेपाल राजदूतावास कतारमा गएर महामहिम राजदूत रमेश चन्द्र पौडेलसँग विशेष भेटघाट गरेको छ।नवनिर्वाचित अध्यक्ष पदम गिरीको नेतृत्वमा पुगेको टोलीमा आईसीसी सदस्यहरू, परिषद्का मानार्थ सदस्य तथा पूर्व अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान, पूर्व अध्यक्ष एवं वर्तमान अन्तर्राष्ट्रिय सल्लाहाकार कमलमणि गुरागाईलगायतको सहभागिता रहेको थियो।भेटका क्रममा अध्यक्ष गिरीले संस्थागत एकताको महत्वप्रति जोड दिँदै भने, हामी प्रतिस्पर्धा गरेर आएका होइनौँ। केन्द्रले देखाएको बाटो पछ्याउँदै संसारभर स्थापित एनसीसीहरू सरह कतारमा पनि अघि बढ्नेछौँ। साथै, विगतमा दूतावाससँग रहँदै आएको सहकार्यलाई स्मरण गर्दै आगामी दिनमा श्रमिकका समस्या समाधानका क्रममा दूतावासले अझ सहजता प्रदान गरिदिनुपर्नेमा उनले आग्रह गरे।यस अवसरमा राजदूत पौडेलले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै नेपाली श्रमिकका पक्षमा जिम्मेवार ढंगले काम गर्न प्रेरित गरे। उनले केन्द्रस्तरमा देखिएको विवादका कारण संस्थागत विभाजन हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै भने, “संस्थागत रूपमा विभाजन देखिए पनि मन विभाजन हुनु हुँदैन। सामाजिक कार्यमा सहकार्यको भावना राखियो भने सामाजिक मान्यताको उचाइ अझै बढ्नेछ।त्यसैगरी भर्खरै सम्पन्न भएको अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सँगको सम्झौताबारे पनि राजदूत पौडेलले चर्चा गर्दै, उक्त सम्झौता विशेषगरी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूका लागि अत्यन्तै लाभदायक हुने विश्वास व्यक्त गरे।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)