मन्सुर खान बिरगंज असार १७ गते । एसएसबी रक्सौल बिहारका स्वतन्त्र प्रभारी इंस्पेक्टर मनोज कुमार शर्माको आसाम सरुवा । मानव तस्करी रोधी इकाई क्षेत्रक मुख्यालय बेतिया कार्यालय ४७ वीं वाहिनी एसएसबी रक्सौल बिहारका स्वतन्त्र प्रभारी इंस्पेक्टर मनोज कुमार शर्माको सरुवा भएको छ। रक्सौलमा करिब ४ सालको कार्यकाल पछि उनी आसाममा सरुवा भइ गएका एसएसबिले जनाएको छ । बिहार र नेपालमा आफ्नो काम र व्यवहारको लागि ख्याति कमाएका इन्स्पेक्टर शर्मा अब रक्सौल र बिरगंज पछि असमको यात्रामा निस्किएका छन् । विभागका लगायत स्थानीय बुद्धिजीवी विभिन्न संघ संस्थाले फुल,माला,शुभकामना, उपहार आदि दिएर पूर्ण हृदयले बिदाइ गरेका छन । ०६ जून २०२० मा रक्सौलको आगमनमा एसएसबी (हवाईअड्डे) कमान्ड सम्भालने बित्तिकै लागुऔषध ओसारपसार, नक्कली नोट बरामद , हाथहतियार ओसारपसार, वन्यजन्तु अपराध, प्रतिबन्धित वस्तुको तस्करी, ठूला अपराधीलगायतका गैरकानुनी कार्यलाई पुर्ण रुपले नियन्त्रण गरेका थिए । उनको नेतृत्व र कार्यकालमा सशस्त्र सीमा बलले मानव बेचबिखन जस्ता अपराधका विरुद्धमा यस्तो काम गरेको थियो जुन आजसम्म गृह मन्त्रालय अन्तर्गतको कुनै व्यक्ति वा विभागले गर्न सकेको छैन । गृह मन्त्रालय मातहतका विभागको इतिहासमा कुनै अधिकृतले आफ्नो कार्यक्षेत्रको अतिरिक्त अन्य राज्य उत्तर प्रदेश, बंगाल, गुजरात राजस्थान जम्मू, बिहारमा सफलतापूर्वक रेस्क्यू ऑपरेशन गरि धेरै परिवारको नाबालिग बच्चाको जीवन बचाएका छन । सशस्त्र सीमा बल (एसएसबी) ले उनको नेतृत्वमा विभिन्न ठाउँको ऑर्केस्ट्रामा छापामारी गरि धेरै नाबालिगको उद्दार गरेको बिभागले जनाएको छ । इंस्पेक्टर शर्माको कार्यलाई उत्कृष्ट मुल्यांकन गर्दै विभिन्न संघ संस्था लगायत भारत तथा बिहार सरकारले विभिन्न प्रशन्सा पत्रहरु मेडल दिएको अधिकारिहरु बताउँछन्।